• English
  • Indonesia
  • Русский
  • العربية
  • नेपाली
  • हिन्दी
  • தமிழ்
  • ไทย
  • 中文

1. स्वागत छ

Hello!
Asia Feminist LBQ Network (AFLN) द्वारा सुरु गरिएको यो महत्त्वपूर्ण अध्ययनमा भाग लिन रुचि देखाउनु भएकोमा तपाईलाई धन्यवाद। यस अध्ययनले एशिया र प्रशान्त क्षेत्रमा LBQ+ को अधिकार सम्बन्धी अभियानको सक्रियताका लागि के कस्ता कोषहरु उपलब्ध छन् र LBQ+ सम्बन्धी आन्दोलनहरूका लागि चाहिने कोषका आवश्यकताहरू के के हुन् भन्ने बारे थप जानकारी प्रदान गर्ने लक्ष्य राखेको छ। यस अध्ययनको निष्कर्षहरू र विशेष सिफारिसहरू मार्फत हामी एशिया तथा प्रशान्त क्षेत्रका LBQ+ अभियन्ताहरुका लागि अनुदानदाता तथा अभियानमा लाग्ने संस्थाहरूलाई थप प्रभावकारी स्रोतहरूको पहुँचमा योगदान पुर्याउन सक्नेछौं भन्ने आशा राख्छौं। यस सर्वेक्षण पूरा गर्न तपाईंलाई २० देखि ३० मिनेट भन्दा बढी लाग्ने छैन ।
हामी यो सर्वेक्षणलाई सकेसम्म धेरै क्षेत्रीय भाषाहरूमा उपलब्ध गराउन चाहन्छौं। हाल यो ८ वटा क्षेत्रीय भाषाहरू र अंग्रेजीमा उपलब्ध छ। अंग्रेजी, मानक अरबी, परम्परागत चिनियाँ, रुसी, थाई, इन्डोनेशियाली भाषा (बहासा), तमिल, नेपाली, हिन्दी।

यो सर्वेक्षणमा कस कसले भाग लिनुपर्छ?
यो सर्वेक्षण एशिया र प्रशान्त क्षेत्रमा LBQ+ मानिसहरूको अधिकारका लागि काम गरिरहेका अधिकारकर्मी र संस्था/समूहहरुका लागि हो। हामी त्यस्ता समूहहरूलाई पनि यस सर्वेक्षणमा आमन्त्रित गर्छौं जसलाई LBQ+ व्यक्तिहरूले नेतृत्व गर्नु भएको छैन तर एशिया र प्रशान्त क्षेत्रमा LBQ+ व्यक्तिहरुको अधिकारको लागि विशेष परियोजनाहरू र कार्यक्रमहरू मार्फत त्यस समुहको कुनै मुद्दाहरू वा पहिचानहरूका लागि काम गरिरहनुभएको छ।
* LBQ+ अधिकारकर्मी र समूहहरू भन्नाले हामी ती व्यक्तिगत अभियानकर्ता, अधिकारकर्मी वा संगठनहरुलाई बुज्दछौँ जो लेस्बियन, द्विलिंगी र क्वियर महिला, ट्रान्स, इन्टरसेक्स र विविध लैंगिकता भएका व्यक्तिहरूको रूपमा आफुलाई पहिचान गर्दछन र यिनिहरुको स्पष्ट लक्ष्य त्यस्ता समूहका व्यक्तिहरुको अधिकारलाई प्रवर्द्धन गर्नु हो ।

हामी यसमा एशियाको विस्तृत भौगोलिक परिभाषा प्रयोग गर्छौं: जसमा पूर्वी एशिया, दक्षिणपूर्वी एशिया, दक्षिण एशिया, मध्य एशिया, पश्चिमी एशिया र प्रशान्त क्षेत्र समावेश छन्।
त्यस्ता समूहहरू अनौपचारिक रूपमा काम गर्ने नेटवर्कहरू वा स्थापित संस्थाहरू पनि हुन सक्छन्। यस सर्वेक्षणमा भाग लिनको लागि तपाईंले औपचारिक रूपमा दर्ता हुनु आवश्यक छैन ।

यदि तपाईंसँग यस सर्वेक्षणको बारेमा कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोला: lbqap@proton.me

T