Screen Reader Mode Icon

सुचना फारम तथा सहमती पत्र

सुचना फारम तथा सहमती पत्र

आदर्णीय  सहभागी, 

हाल माहामारीको रूपमा चलिरहेको कोभिड-१९लाई ध्यानमा राख्दै जनमानसमा "क्वारेन्टाइन/ आइसोलेशन"ले पार्न गएको मनोवैज्ञानिक प्रभाव बुझ्नको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एउटा सर्वेक्षण गरिरहेको छ। यो सर्वेक्षणले "क्वारेन्टाइन/ आइसोलेशन"को अवधिमा तनाव सामना गर्न जनमानसले अपनाएका संयन्त्रहरु पनि पत्ता लगाउन खोजेको हो। हामी विश्वास गर्दछौं कि तपाईंले प्रदान गर्नुभएको जानकारीले "क्वारेन्टाइन/ आइसोलेशन”बाट मानिसहरुमा पुग्न गएको आघातको मात्रा बुझ्न मद्दत गर्नेछ। साथै, क्वारेन्टाइन/ आइसोलेशन मा भएका व्यक्तिहरूको अधिकारको रक्षा गर्न सिफारिस/ सुझाव दिनेछ।

यस सर्वेक्षणमा तपाईंले ३५ प्रश्नहरू समावेश भएको प्रश्नावली पूर्ण गर्नुपर्ने छ  र यसमा १० मिनेट जती समय लाग्नेछ। यस सर्वेक्षणमा तपाईंको सहभागिता स्वैच्छिक हो। तपाईं सहभागिता अस्वीकार गर्न स्वतन्त्र हुनुहुन्छ। तपाईंले जवाफ दिन नचाहनु भएका प्रश्नहरू खाली छोड्न सक्नुहुन्छ। तपाईं यस अध्ययनबाट कुनै पनि समयमा अलग्गिन सक्नुहुन्छ र त्यसको लागी तपाइलाई कुनै पनि क्षति हुने छैन वा तपाइले कुनै हर्जाना तिर्नुपर्ने छैन। सर्वेक्षणमा सबै प्रतिक्रियाहरू अज्ञात रूपमा रेकर्ड गरिनेछ एवम, एकत्रित डाटा गोप्य राखिनेछ र यस अनुसन्धानमा मात्र प्रयोग गरिनेछ। यद्यपि, डाटाबाट उत्पन्न नतिजाहरु प्रकाशनको माध्यमबाट प्रसारित हुनेछन्। हामी तपाईको समय र प्रयासको अत्यन्तै कदर गर्दछौं। कुनै पनि थप प्रश्नहरूको लागि तपाइँ हाम्रो टोलीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

Dr. Nguyen Tien Huy(डा ङुएन टिएन हुय्) (Email: tienhuy@nagasaki-u.ac.jp), नागसाकी बिश्वविध्यालय
Dr. Meghnath Dhimal (डा . मेघनाथ धिमाल्) (meghdhimal2@gmail.com), नेपाल स्वास्थ्य अनुसन्धान परिषद
कमल रानाभाट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Dr. Kriti Adhikari (डा . कृती अधिकारी) (adhkriti@gmail.com), नेपाल स्वास्थ्य अनुसन्धान परिषद
Dr. Pallavi Koirala (डा . पल्लवी कोइराला) (pallavik23@gmail.com), नेपाल स्वास्थ्य अनुसन्धान परिषद
रेनु भण्डारी डुम्रे

यो सर्वेक्षण पूरा गरेर र बुझाउनु भएपछि, तपाईं अध्ययनमा भाग लिनको लागि आफ्नो सहमति जनाउँदै हुनुहुन्छ। हामी तपाइँको सहभागिताको कदर गर्दछौं।

Question Title

* 1. के तपाईं यस अनुसन्धान परियोजनामा भाग लिन सहमत हुनुहुन्छ?

0 of 27 answered
 

T